२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रहरी प्रति नागरिकहरुको ठूलो आस्था र भरोसा छ : आईजीपी चन्द्रकुवेर खापुङ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी प्रति नागरिकको ठूलो आस्था र भरोसा रहेको बताएका छन् ।मंगलबार नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी खापुङले उक्त आस्थालाई जीवन्त राख्न प्रहरी संगठनले निरन्तर आत्ममूल्यांकन र सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

‘नेपाल प्रहरीप्रति नागरिकको ठूलो आस्था र भरोसा छ,’ उनले भने, ‘त्यो भरोसालाई जीवन्त राख्न विगतका कमी कमजोरीको समीक्षा गर्दै शिष्ट आचरण र जिम्मेवार व्यवहारका साथ उत्कृष्ट सेवा दिनु आवश्यक छ ।’
उनले प्रहरी संगठन हरेक विपत्ति, दुर्घटना वा असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही जनसेवा गर्ने संस्थाका रूपमा स्थापित भएकाले प्रहरीप्रति जनताको विश्वास स्वाभाविक रहेको बताए ।
नवनिर्मित भवनले प्रहरीमा उच्च मनोबल र परिष्कृत सेवाभाव जगाउने विश्वास व्यक्त गर्दै आईजीपी खापुङले भने, ‘प्रहरीको सेवा अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने हाम्रो लक्ष्य हो । यसले प्रहरी–नागरिक सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउनेछ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!