१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

काठमाडौं उपत्यकाबाट प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा ५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।​ पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका ६ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका ५ स्थित तीनधारेमा डेरा कोठा बस्ने २८ वर्षीय राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर र रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुरको चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक छन् ।

यसैगरी, बागलुङको गल्कोट नगरपालिका २ घर भइ जिल्ला काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एन्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारका २२ वर्षीय छोरा दीपेश रसाइलीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने मगर मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने व्यक्ति हुन् ।यस्तै, विक लुटिएको सिक्री बिक्री गर्ने व्यक्ति हुन् भने गोविन्द सुनार र दीपेश रसाइली लुटिएको समान किन्ने व्यक्ति हुन् ।उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

उनीहरूको साथबाट प्रहरीले चोरीका क्रममा प्रयोग गरिएको मोटरसाइकल, लुटपाट गरिएका सुनका गहना, नगद समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!