२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

हिमपहिरो खस्ने क्रम जारी अन्नपूर्ण पदमार्ग मनाङको पदयात्रा एक हप्ताको लागि बन्द,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

मनाङ् । लगातारको हिमपात र त्यसपछि पनि कायम रहेको हिमपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रामा अस्थायी प्रतिबन्ध लगाएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपात रोकिए पनि पहिरो खस्ने जोखिम अझै उच्च भएकाले सुरक्षाको दृष्टिले आगामी एक सातासम्म पदयात्रा नगर्न आग्रह गरिएको हो।

‘सोमबार रातिदेखिको हिमपातले बाटो पूर्ण अवरुद्ध भएको थियो। डोजर प्रयोग गरेर हिउँ पन्छ्याएपछि सडक त खुलाइएको छ, तर खाङसारभन्दा माथिल्लो क्षेत्रसम्मको पदमार्ग अझै सुरक्षित छैन,’ पौड्यालले भने।

उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका हिउँले ढाकिएका बाटोहरू क्रमशः खुल्दै गएका छन् तर पदयात्रा मार्गमा हिँड्ने अवस्था अझ बनेको छैन।

हिमपातका कारण करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकलाई मंगलबार उद्धार गरिएको थियो। तीमध्ये करिब २०० जना विदेशी पर्यटक रहेका थिए। यस्तै, तिलिचो आधारशिविरतर्फ गएका करिब ४०० पर्यटक हिमपात र जोखिमका कारण फर्किन बाध्य भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!