१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बेलायतमा क्यान्सरसंग लड्न महिला र पुलिस मिलेर किन बनाए ब्राको पहाड ?

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, कार्तिक १३, २०८२

काठमाडौं । बेलायत विश्वमा स्तन क्यान्सरको समस्या दिनानुदिन बढिरहेको छ । यो एउटा यस्तो रोग हो जसमा स्तन कोशिकाहरु अनियन्त्रित रुपमा बढेर ट्युमरको रुप लिन्छन् । यदि त्यसमा ध्यान नदिएमा सरीरभर ट्युमर फैलिने र त्यो प्राणघातक हुनसक्छ ।

सन् २०२२ सम्म विश्वभर करीब २३ लाख महिलामा स्तन क्यान्सर पाइएको थियो र ६ लाख ७० हजार महिलाको स्तन क्यान्सरकै कारण मृत्यु भयो । त्यस्तो खतरनाक स्तन क्यान्सरप्रति सावधानी अपनाउन तथा जनचेतना वृद्धि गर्नका लागि बेलायतको विल्टशायरमा एउटा अनौठो अभियान सुरु भएको छ ।

उक्त अभियानमा प्रहरी र एक पसलका मालिकले मिलेर हजारौंवटा पुराना ब्रा जम्मा गरी स्तन क्यान्सरसँग लड्नका लागि रकम जम्मा गरेका छन् । मानिसहरुले यो अभियानलाई ब्राको पहाड नाम दिएका छन् ।

यसको सुरुवात एमिली डेभिडेजले गरेकी थिइन् । एमिलीले महिलाका अन्तरवस्त्रको एक पसल चलाउँछिन् । स्तन क्यान्सरको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै उनले अगेन्स्ट ब्रेस्ट क्यान्सर नामक च्यारिटीका लागि ब्रा संकलन गर्न सुरु गरिन् । एमिली स्वयं पनि स्तन क्यान्सरबाट पीडित छिन् ।

उक्त अभियानमा एमिलीलाई प्रहरीले पनि साथ दियो ।

वास्तवमा विल्टशायर प्रहरीकी एक अधिकारी जर्जिना डाहल आफ्नो ब्रा को फिटिंगका लागि एमिलीको ब्रा पसलमा पुगेकी थिइन् । त्यहाँ एमिलीको कहानी सुनेपछि डाहल यतिधेरै प्रभावित भइन् कि उक्त अभियानमा आफू पनि सहभागी हुने निधो गरिन् ।

त्यसपछि उनले आफ्नो प्रहरी कार्यालय बाहिर संकलन बाकस राखिन् र आफ्नै सबै साथी तथा स्थानीयलाई उनीहरुले प्रयोग गरेका सबै पुराना ब्राहरू ल्याएर सोही बाकसमा दान गर्न अनुरोध गरिन् । विस्तारै उक्त अभियान यति व्यापक बन्यो कि ब्राको थुप्रो साँच्चीकै एउटा पहाड जस्तै बन्यो ।

अहिले मानिसहरुले आफ्ना घरघरबाट पुराना तथा नयाँ ब्राहरू ल्याएर त्यहाँ दान गरिरहेका छन् । ती ब्रालाई अगेन्स्ट ब्रेस्ट क्यान्सर च्यारिटीका माध्यमबाट क्यान्सर अनुसन्धानका लागि कोषमा परिणत गरिन्छ ।

बीबीसीका अनुसार त्यसरी संकलित एक टन ब्रा बाट करिब ७ सय पाउण्ड स्ट्रलिंग रकम जुटाइन्छ र त्यो रकमलाई क्यान्सर अनुसन्धानमा खर्च गरिन्छ ।

साथै ती ब्रालाई विकाशशील देशका महिलाहरुका सहकारीहरुलाई समेत प्रदान गरिन्छ  ताकि उनीहरुले त्यसलाई पुन: प्रयोग गर्न सकून् तथा रोजगारी पनि पाउन सकुन् ।

एमिली भन्छिन् – विल्टशायर पुलिस तथा आम मानिसहरुको सहयोगलाई देखेर मेरो हृदय प्रफुल्लित भएको छ । हरेक सात जनामा एकजना महिलालाई स्तन क्यान्सर हुन्छ ।
त्यसैले यसको शीघ्र पहिचान र उपचारका लागि अनुसन्धानमा सहयोग गर्नु निकै आवश्यक छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!