०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

प्रधानमन्त्री कार्कीले अब थपिने मन्त्री जेनजीबाट हुने भए पनि उनीहरुबीच नै सहमति नभएको प्रष्ट परिन्

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार जेनजी र राजनीतिक दलबीचको मध्यस्थकर्ता रहेको भन्दै दुवै पक्षलाई भड्किन नदिन प्रयास भइरहेको बताएकी छन् । उनले सुरुका केही साता जेनजी समूहलाई बुझाउन र उनीहरूलाई चिन्न समय बितेको बताइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका कति समूह छन् भन्ने पनि आफूहरूलाई थाहा नभएको स्वीकार गरिन् । प्रधानमन्त्रीका अनुसार अहिलेसम्म जेनजीका २० देखि २५ समूहसँग सरकारले संवाद गरेको छ ।

जेनजीको एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको र समय बित्दै जाँदा मागहरू समेत थपिँदै गएको प्रधानमन्त्रीले बताइन् ।

भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक सञ्जाल खुला गर्न माग गरेर उठेको जेनजी आन्दोलनको एजेण्डाविपरित अहिले आएर विभिन्न समूहले फरक राजनीतिक माग राखेपछि अप्ठेरो परेको उनको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार जेनजीका विभिन्न समूहले अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी,अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारिरहेका छन् ।

प्रधानमन्त्रीले भनिन्, ‘जेनजी कति छन् भन्ने पनि थाहा छैन । २०,२५ समूह आइसकेका छन् । अनेक माग थपेर हैरान छ । नौलो नौलो कुराहरू ल्याएका छन् । एउटालाई मन्त्री बनाउन खोज्यो अर्कोले आएर यो हुँदैन भनेर काट्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार जेनजी र राजनीतिक दलबीचको मध्यस्थकर्ता रहेको भन्दै दुवै पक्षलाई भड्किन नदिन प्रयास भइरहेको बताएकी छन् । उनले सुरुका केही साता जेनजी समूहलाई बुझाउन र उनीहरूलाई चिन्न समय बितेको बताइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका कति समूह छन् भन्ने पनि आफूहरूलाई थाहा नभएको स्वीकार गरिन् । प्रधानमन्त्रीका अनुसार अहिलेसम्म जेनजीका २० देखि २५ समूहसँग सरकारले संवाद गरेको छ ।

जेनजीको एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको र समय बित्दै जाँदा मागहरू समेत थपिँदै गएको प्रधानमन्त्रीले बताइन् ।

भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक सञ्जाल खुला गर्न माग गरेर उठेको जेनजी आन्दोलनको एजेण्डाविपरित अहिले आएर विभिन्न समूहले फरक राजनीतिक माग राखेपछि अप्ठेरो परेको उनको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार जेनजीका विभिन्न समूहले अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी,अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारिरहेका छन् ।

प्रधानमन्त्रीले भनिन्, ‘जेनजी कति छन् भन्ने पनि थाहा छैन । २०,२५ समूह आइसकेका छन् । अनेक माग थपेर हैरान छ । नौलो नौलो कुराहरू ल्याएका छन् । एउटालाई मन्त्री बनाउन खोज्यो अर्कोले आएर यो हुँदैन भनेर काट्छ ।’

प्रधानमन्त्री कार्कीले अब थपिने मन्त्री जेनजीबाट हुने भए पनि उनीहरुबीच नै सहमति नभएको प्रष्ट पारेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

error: Content is protected !!