१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

निरन्तर वर्षाका कारण जोमसोम मुक्तिनाथ सडकखण्ड भाँसिएपछि सयौँ तीर्थयात्री फर्किए,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक १४, २०८२

 

मुस्ताङ । निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन्। जोमसोम–पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो।

जोमसोम–कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो।

प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताए। उनका अनुसार मुक्तिनाथबाट फर्किने क्रममा सडक भाँसिएको स्थानमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम तल झार्ने कार्य भइरहेको छ।

जोमसोमबाट मुक्तिनाथतर्फ जान जोखिमपूर्ण रहेकाले रोकिएको बताउँदै प्रजिअ भुसालले उहाँले निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने जानकारी दिए। आवश्यक स्थानमा ड्रेन निर्माण नहुँदा अविरल वर्षाले सडक संरचनमा क्षति पुगेको उनको भनाइ छ।

उक्त सडक अवरुद्ध भएपछि मुक्तिनाथ जानका लागि मुस्ताङ आएका अधिकांश पर्यटक जोमसोमबाट फर्किएका छन्। कतिपय पर्यटक भने सडक खुल्ने पर्खाइमा जोमसोममा बसेका स्थानीय मनिता थकालीले बताइन्।

जोमसोम–कागबेनी र कागबेनी–छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढीपहिरोले सडक तथा अन्य संरचनमा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेरमात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत आव २०७३र७४ मा ग्राभेलसहित कालोपत्रका लागि उक्त खण्डको ठेक्का सम्झौता भई काम अघि बढेको थियो। सात खण्डमा विभाजन गरिएको उक्त सडकअन्तर्गत पहिलो खण्ड विसं २०७६ मा आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो।

विसं २०७९ मा जोमसोम–कागबेनी १३ किमी कालोपत्रका लागि ठेक्का लगाइएकामा गत वर्ष सम्पन्न गरी निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!