१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमानमा समस्या भैरहवामा आकस्मिक अवतरण,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, कार्तिक १५, २०८२

काठमाडौं । धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि भैरहवा विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान जादैछ ।

अवतरण गर्ने क्रममा विमानको अगाडिको ल्यान्डिङ्ग गियर नखुलेकोले धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!