१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

नारायणी अस्पतालमा खुलेआम नियम उल्लंघन! तोडफोडमा सरकारी कर्मचारीको संलग्नता,सरुवा भएका सुब्बा अझै जागिरे प्रवक्ता पनि सीमा नाघ्दै

Logo
ABC (भन्डाफोर) प्रकाशित शनिबार, कार्तिक १५, २०८२

पर्सा । नारायणी अस्पताल, जहाँ बिरामीले उपचार खोज्छन्, त्यही अस्पताल अहिले आफैं उपचारको खाँचोमा परेको देखिन्छ। सरकारी सेवाको आडमा केही कर्मचारी र डाक्टरले अस्पताललाई आफ्नै जागीर र पहुँचको अखडा बनाएका छन्। अस्पतालभित्रै तोडफोड र आगजनी, चार महिना अघि सरुवा भइसकेका कर्मचारी अझै जागिरे, र प्रवक्ताले कानुन तोडेका छन्।यी सबै घटनाले नारायणी अस्पतालको प्रशासनिक ढाँचा चरमराएको छ।

कर्मचारी र डाक्टरबाटै तोडफोड र आगजनी!

नेपाल सरकारको स्पष्ट नियम छ—कुनै पनि सरकारी कर्मचारीले तोडफोड, आगजनी, हुलदंगा गर्न पाउँदैन। तर नारायणी अस्पतालमा भने उल्टो दृश्य देखियो। आन्दोलनको नाममा सरकारी जागिरेहरूले नै अस्पतालभित्रै तोडफोड र आगजनी गरेका भिडियोहरू सार्वजनिक भएका छन्।

यो दृश्य न केवल दुःखद छ, यो राज्य व्यवस्थामाथिको ठुलो प्रश्न हो। अहिले सम्म ती कर्मचारी वा डाक्टरमाथि न कुनै छानबिन भएको छ, न त अनुशासनात्मक कारबाही। के सरकारी कर्मचारी कानुनभन्दा माथि छन्?

चार महिना अगाडि सरुवा,तर अझै नारायणीमै ‘राज’!

सुब्बा सुनिल रौनियारको सरुवा चार महिना अघि भइसकेको हो। तर उनी अझै पनि नारायणी अस्पतालमै देखिन्छन्। उनी दैनिक नियमित समयमा काममा नआइ बिहान र बेलुकाको हाजिरी गरेर अस्पताल परिसरमा फन्को मारेर फर्कन्छन्।

सरकारी नियम अनुसार, सरुवा भएको कर्मचारीले तुरुन्तै नयाँ कार्यस्थलमा रिपोर्ट गर्नु पर्ने हुन्छ। तर सुनिल रौनियारजस्ता कर्मचारीहरू राजनीतिक संरक्षणको भरमा कानुनमाथि सवारी गरिरहेका छन्। अस्पताल प्रशासन यसमा पूर्ण मौन छ—के डरले? कि मिलेमतो?

अस्पतालको प्रवक्ता? डा. उदयनारायण सिंहले जिम्मेवारी तोडे

नारायणी अस्पतालका प्रवक्ता तथा एमडीजीपी डा. उदयनारायण सिंहले आफ्नो तोकिएको भूमिका सीमा नाघेका छन्। प्रवक्ताको जिम्मा सञ्चार समन्वय र आपतकालीन कक्षमा बिरामी हेर्ने हो। तर डा. सिंह ओपीडीमै बसेर कार्य गरिरहेका छन्।

यो नियम उल्लंघन मात्र होइन, अस्पतालको कार्यविभाजनमा हस्तक्षेप पनि हो। यदि सबैले आफूखुसी जिम्मेवारी बदल्न थाले भने सरकारी सेवा प्रणालीको अस्तित्व कहाँ रहन्छ?

कानुनको धज्जी, प्रशासन मौन: किन?

यो सम्पूर्ण घटनाले एउटा स्पष्ट सन्देश दिएको छ—नारायणी अस्पतालको प्रशासन पंगु भएको छ। अस्पतालभित्र कर्मचारीले जे गरे पनि जस्तोसुकै गल्ती गरे पनि कुनै जिम्मेवारी छैन, कुनै कारबाही छैन। यस्तो अवस्था जनताको करबाट चल्ने संस्थाका लागि लज्जास्पद हो।

अब धैर्यको सीमा समाप्त!

नागरिक समाज, बिरामीका परिवार, र स्वास्थ्यकर्मीहरू आक्रोशित छन्। माग एकै छ तत्काल छानबिन होस्, दोषी कर्मचारीलाई कारबाही गरियोस्, र अस्पताललाई कानूनअनुसार सञ्चालन गरियोस्। अब ढिलाइ सहन सकिने अवस्था छैन।

यदि स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति र प्रदेश सरकार अझै मौन बस्ने हो भने, यो मौनता नै भ्रष्टाचारको समर्थन र नियम उल्लंघनको संकेत ठहरिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!