१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियार पेस्तोल बिक्री गर्ने ५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८२

काठमाडौँ । जेनजी प्रदर्शनमा लुटिएको प्रहरीको पेस्तोल बेचबिखन भएको खुलासा भएको छ । यो प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भएका २४ वर्षीय अकवर खान, काठमाडौँ–१५ बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।बानेश्वर घर भएर क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने मल्लले हतियार खरिद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
अन्य आरोपीहरूले भदौ २४ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको पेस्तोल लुटेर बिक्री गरेका हुन् । प्रहरीले लुटिएको १ थान पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ ।काठमाडौँ–१५ स्थित ट्राफिक विट नजिक चरा पसलमा काम गर्ने कृष्ण गुरुङले पेस्तोल लुटेको र अन्य ३ जनाले बेच्न सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरू विरुद्ध प्रहरी वृत्त स्वयम्भूले हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!