१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

झापामा सरोज शर्माको हत्यामा संलग्न २ जना आरोपी पक्राउ जलेको कार भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८२

 

झापा । शिवसताक्षी नगरपालिका १० का सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा २ ब्यक्ती प्क्राउ परेका छन। पक्राउ पर्नेमा झापा माइधारका २५ बर्षिय सुनिल शाह र अन्दाजी २६ बर्षिय राहुल शाह लाई झिलझिले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबास के दि को कमान्डले हिजो पक्राउ गरेको हो।
शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ। शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो।
दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।

शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो।
घरबाट निस्केपछि जिल्लाका विभिन्न बजारमा शर्मा घुमेको सिसिटिभी फुटेज फेला परेको छ। उनी अन्तिम पटक सुरुङामा देखिएको फुटेज प्रहरीको फन्दामा परेको बताइएको छ।
काठमाडौंमा बस्दै आएका शर्माको सेन्लटस कम्पनीको उक्त गाडी कसले र किन जलाएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। दशैंमा घर आएका शर्मा छठ पर्व मनाएर काठमाडौं फर्कने तयारीमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!