०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

झापामा सरोज शर्माको हत्यामा संलग्न २ जना आरोपी पक्राउ जलेको कार भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८२

 

झापा । शिवसताक्षी नगरपालिका १० का सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा २ ब्यक्ती प्क्राउ परेका छन। पक्राउ पर्नेमा झापा माइधारका २५ बर्षिय सुनिल शाह र अन्दाजी २६ बर्षिय राहुल शाह लाई झिलझिले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबास के दि को कमान्डले हिजो पक्राउ गरेको हो।
शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ। शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो।
दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।

शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो।
घरबाट निस्केपछि जिल्लाका विभिन्न बजारमा शर्मा घुमेको सिसिटिभी फुटेज फेला परेको छ। उनी अन्तिम पटक सुरुङामा देखिएको फुटेज प्रहरीको फन्दामा परेको बताइएको छ।
काठमाडौंमा बस्दै आएका शर्माको सेन्लटस कम्पनीको उक्त गाडी कसले र किन जलाएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। दशैंमा घर आएका शर्मा छठ पर्व मनाएर काठमाडौं फर्कने तयारीमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

error: Content is protected !!