बाँके । जेनजी आगजनीका कारण पूर्ण रूपमा जलेको अदालतले दुई/तीन कोठाबाट अहिले सेवा सञ्चालन गरिरहेको हो ।
स्राेतसाधन अभावले अदालत पूर्ण रूपमा सञ्चालन हुन नसकेको सूचना अधिकारी तीर्थराज आचार्यले जानकारी दिए । ‘अदालतका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायतका सम्पूर्ण उपकरण जलेपछि काम गर्न असजिलो भएको छ,’ उनले भने, ‘प्राविधिक टोली आएर अध्ययन गरिसकेपछि कहाँबाट कसरी सेवा सुचारु गर्ने भन्ने विषयमा निर्णय लिन सकिनेछ ।’
अदालतमा अहिले ७ सय ७० वटा मुद्दाका मिसिल मात्र सुरक्षित रहेको उनले बताए । अदालतमा दुई/तीन वटा इजलास कक्ष पालैपालो सञ्चालनमा ल्याइएको उनले सुनाए ।कान्तिपुरबाट