१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

मेयर बालेन शाह मध्यराति स्टाटस लेख्छन् केही बेरमा डिलिट गर्छन् अनि बेलाबेलामा विवादमा आउछन्

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, कार्तिक १६, २०८२

काठमाडौं । मेयर बालेनले अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए ।

उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो ।

पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!