१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाउन्ने सडक खण्डमा सवारीसाधनको लामो जाम भएपछि यात्रुहरू सडकमै अलपत्र बाटो खुलाउने प्रयास,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक १६, २०८२

नवलपरासी । पुर्व पश्चिम् राजमार्ग सडक खण्ड दाउन्नेमा लगातारको वर्षा र सडकमा बिग्रिएका सवारीसाधनका कारण राजमार्गमा सयौँ गाडीहरूको लामो लाइन लागेको हो।

पानी परेसँगै बाटो चिप्लो बनेको र केही सवारीसाधन बिग्रिएर सडकमै रोकिएपछि राजमार्गमा आवागमन सुचारु गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। एक जना कार चालकका अनुसार, उनी हिजो बेलुका दाउन्ने पुगेका थिए तर जामका कारण रातभर सडकमै अड्किएर आज बिहान मात्रै दुम्किबास आइपुगेका हुन्। उनका अनुसार, थुप्रै यात्रुहरू रातभर सडकमै बस्न बाध्य भएका छन्।

अरुणखोला र चोरमारातर्फको जंगल क्षेत्रमा करिब ४०० सवारीसाधन रोकिएका छन्। स्थानीयहरूका अनुसार, दाउन्ने खण्डमा सयौँ ट्रक, बस र निजी गाडी लामबद्ध रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार, दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बस बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो। “दाउन्ने खण्डमा सवारीसाधनको अत्यधिक चाप छ,” निरीक्षक खड्काले भने, “पानी परेकाले बाटो चिप्लो छ, जसका कारण हिजोदेखि नै समस्या थपिएको छ।”

हाल प्रहरीले बिग्रिएका सवारीसाधन हटाउने र ट्राफिक सहज बनाउन प्रयास जारी राखेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!