नुवाकोट । इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटमा नयाँ कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक लोकराज पाठकले आईतवारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।
पूर्व प्रहरी प्रमुख जयन्ती थापाले सरुवापछि खरानीटारको सुरक्षाको नेतृत्व अब निरीक्षक पाठकले सम्हाल्ने भएका हुन्। उनी यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत थिए ।
पदभार ग्रहण गर्दै निरीक्षक पाठकले यस कार्यालयको जिम्मेवारी रहेको तादी, दुप्चेश्वर पुरै वडा र पञ्चकन्या गा.पा. को १, २ र ३ नं. वडाको सुरक्षाको जिम्मेवारी सुरक्षित, अनुशासित र शान्त बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय तह, समुदाय र नागरिकबीच जनसहयोग र समन्वयलाई प्राथमिकता दिँदै अपराध नियन्त्रण र कानून कार्यान्वयनमा जोड दिने बताए । आफ्ना सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई देशको विद्यमान परिस्थितिमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निडर र निर्भिकताका साथ काम गर्न निर्देशन दिनु हुँदै मनोवल प्रहरीको आत्मा भएकोले यो आत्मालाई कमजोर हुन नदिन एउटा अभिभावकको रुपमा आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
स्थानीय बासिन्दाले नयाँ प्रहरी प्रमुख पाठकसँग यहाँको सुरक्षात्मक वातावरण अझ सुदृढ र प्रभावकारी हुने आशा व्यक्त गरेका छन् ।