१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने निर्णय,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १७, २०८२

काठमाडौं । काउन्सिलले आइतबार जारी गरेको सूचनामार्फत हालको कानुनी व्यवस्थाअनुसार अनलाइन सूचीकरणको अधिकार काउन्सिलमा नरहेको जनाएको हो।

काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराका अनुसार २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गर्दै अनलाइन सूचीकरण प्रक्रिया सुरु गरिएको थियो।

त्यसपश्चात नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो, जसको कार्यान्वयन प्रेस काउन्सिलमार्फत हुँदै आएको थियो।

तर हाल छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ कार्यान्वयनमा आएपछि उक्त नियमावलीले अनलाइन सञ्चार माध्यमको अभिलेख तथा सूचीकरण सम्बन्धी अधिकार प्रेस काउन्सिललाई नदिएको काउन्सिलले स्पष्ट पारेको छ।

यसअघि अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो संशोधन, २०७४) अनुसार दर्ता भएका अनलाइनहरूको अभिलेख राख्ने, पत्रकार आचारसंहिता पालना अनुगमन गर्ने, र सूचीकरणका लागि तीन हजार रुपैयाँ शुल्क लिने व्यवस्था थियो।

तर हालै संसदबाट पारित नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ ले छापाखाना तथा प्रकाशन ऐन, २०४८ लाई संशोधन गर्दै नयाँ कानुनी ढाँचा ल्याएपछि प्रेस काउन्सिलले उक्त जिम्मेवारीबाट अलग भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!