०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्ती परिचालन गरेर मान्छेमाथि आक्रमण गर्ने बाघको खोजी,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

बाँके । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहुँदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक ८ गते स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छैन ।

बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको थारूको भनाइ छ ।

आक्रमण गर्ने वन्यजन्तुको पहिचान र नियन्त्रणको लागि घटना भएको क्षेत्रमा पाँच सयदेखि एक किलोमिटर क्षेत्रको फरकमा नौ थान ‘क्यामेरा’ जडान गरिए पनि क्यामेरामा जङ्गली जनावर नदेखिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए ।

“स्थानीयवासीलाई थप जोखिम नहोस् र सुरक्षाको प्रत्याभूति होस् भन्ने उद्देश्यले निकुञ्जबाट प्रविधिको प्रयोगका साथै दैनिक मानवीय जनशक्तिसमेत खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको छ”, उनले भने, “निकुञ्जका जनशक्ति, नेपाली सेनाका साथै तीनवटा हात्ती परिचालन गरेर बाघको खोजी भइरहेको छ ।”

बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायःजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रूपमा वनजङ्ल नजिक नजान अनुरोध गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुनबमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गरे । आगामी दिनमा बाघका कारण हुनसक्ने जोखिम न्यूनीकरण र मध्यवर्ती क्षेत्रका नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्थानीय र सरोकारवाला निकायसँग छलफल गरिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!