धनुषा । मंगलबार साँझ जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पिडारी चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
सडक जाम खुलाउन तीन जनालाई नियन्त्रणमा लिएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकरी दिए । उनका अनुसार भीड तितरबितर पार्न प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।
सडकको जाम खुलेको छ । केही स्वास्थ्यकर्मी अहिले पनि सडकको छेउमा प्रदर्शन गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीहरु बिहानैदेखि सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेको थियो ।
साँझ सडक जाम भएपछि प्रहरीले बल प्रयोग गरेर भीड तिरबितर गर्ने प्रयास गरेको छ ।