२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

धनुषामा आन्दोलनरत ३ जना स्वास्थ्यकर्मीहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

धनुषा । मंगलबार साँझ जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पिडारी चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सडक जाम खुलाउन तीन जनालाई नियन्त्रणमा लिएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकरी दिए । उनका अनुसार भीड तितरबितर पार्न प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।

सडकको जाम खुलेको छ । केही स्वास्थ्यकर्मी अहिले पनि सडकको छेउमा प्रदर्शन गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीहरु बिहानैदेखि सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेको थियो ।

साँझ सडक जाम भएपछि प्रहरीले बल प्रयोग गरेर भीड तिरबितर गर्ने प्रयास गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!