०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

पार्टी एकता घोषणा कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड-वामदेव गौतमबीच सवालजवाफ

Logo
ABC-Sanchar प्रकाशित बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता वामदेव गौतमका प्रश्नहरूलाई जवाफ दिएका छन्।

पार्टी एकता घोषणा कार्यक्रममा वामदेव गौतमले विभिन्न प्रश्न उठाएपछि अन्त्यमा सम्बोधन गर्दै प्रचण्डले ती प्रश्नहरूको जवाफ दिएका हुन्।

प्रचण्डले वामदेवको प्रस्तुतिलाई विचारउत्तेजक शैलीमा भएको टिप्पणी गर्दै भने, “उहाँले अलि विचारउत्तेजक ढंगले विषय राख्नुभयो।”

वामदेवले ‘समाजवाद के हो?’ भन्ने प्रसङ्ग उठाउँदै एमालेसँगको एकताको क्षण सम्झन आग्रह गरेका थिए। उनले भने, “एमालेसँग एकता गर्दाको क्षण सम्झनुस्, केका लागि गरेका थियौं।”

त्यसै सन्दर्भमा प्रचण्डले समाजवादबारे वामदेवले लेखेको पुस्तक अध्ययन गरिरहेको बताए। साथै, एकतापछि बन्ने पार्टीको दिशाबारे जिम्मेवारी केवल दुई नेतामा मात्र सीमित नभई सबै नेताको हुने भन्दै भने, “के गर्छौं भनेर हामीलाई मात्रै होइन, तपाईं पनि नेता हो, तपाईं के गर्नुहुन्छ?”

गौतमले पार्टीको आर्थिक स्वावलम्बनका लागि कार्यकर्तालाई उत्पादनमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए। त्यसको जवाफमा प्रचण्डले हास्यात्मक ढंगमा भने, “उत्पादनको जिम्मा उहाँलाई नै दिनुपर्छ कि भनेर सोचेको छु।”

अन्त्यमा, प्रचण्डले वामदेवले समाजवादबारे लेखेको पुस्तकमा उल्लिखित दृष्टिकोणअनुसार वातावरण निर्माण गर्न आफू तयार रहेको पनि बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!