२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी डॉ. मनोज केसी आईजीपीका प्रमुख दाबेदार कम बोली बढी काम गर्ने प्रहरी अधिकृत हुन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । नेपाल प्रहरीभित्र “कम बोलेर परिणाम दिनुपर्छ” भन्ने सोचका दृढ अधिकारीका रूपमा एआईजी डॉ. मनोज केसी चिनिन्छन्। अनुसन्धानमा निपुणता, निष्पक्षता र नतिजामुखी कार्यशैलीका कारण उनी संगठनभित्र विश्वसनीय र दृढ नेतृत्व का प्रतीक बनेका छन्।

भूटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्रीलाई जानकारी नदिई बालकृष्ण खाँणलाई पक्राउ गर्ने साहसिक निर्णयले उनले प्रहरी संगठनको इमानदार छवि पुनःस्थापना गरे। सो क्रममा तत्कालीन महानिरीक्षक वसन्तबहादुर कुँवरले लुकाइराखेको भनिएको फाइल अनुसन्धानको दायरामा ल्याउँदै उनले प्रहरी संगठनभित्रको मौन संस्कृतिलाई चुनौती दिएका थिए।

सीआईबी प्रमुखका रूपमा उनले सुन तस्करी प्रकरणमा राजनीतिक दबाबलाई नटेरी निष्पक्ष रूपमा अनुसन्धान अघि बढाए। साथै, माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेर उनले “कानून सबैका लागि समान हो” भन्ने सशक्त सन्देश दिएका थिए।

हाल महरा पुर्पक्षका लागि थुनामा छन्। एआईजी केसी धेरै बोल्दैनन् — तर निरन्तर अनुसन्धान, निडर निर्णय र प्रतिबद्धतामार्फत नतिजा दिने प्रहरी अधिकारीका रूपमा उनको परिचय बनेको छ।

उनी संगठनभित्र दृढतापूर्वक मान्ने गर्छन् “Chain of Command नै अनुशासनको मेरुदण्ड हो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]