०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

रवि लामिछाने थुनामुक्त होलान् त ? आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

रुपन्देही । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध सम्बन्धी आरोपमा ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमाथि आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ इजलासमा मुद्दाको पेशी ३ नम्बरमा छ । यसअघिको पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका थिए । त्यसअघि लामिछानेको मात्रै निवेदनमाथि सुनुवाइपछि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले जोशीको निवेदन समेत एकै प्रकृतिको भएकोले दुवैलाई साथमै राख्न भनेको थियो ।

लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका छन् । लामिछानेले बिगोबराबरको बैंक ग्यारेन्टी समे बुझाए पनि यसअघि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत गएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!