१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रवि लामिछाने थुनामुक्त होलान् त ? आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

रुपन्देही । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध सम्बन्धी आरोपमा ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमाथि आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ इजलासमा मुद्दाको पेशी ३ नम्बरमा छ । यसअघिको पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका थिए । त्यसअघि लामिछानेको मात्रै निवेदनमाथि सुनुवाइपछि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले जोशीको निवेदन समेत एकै प्रकृतिको भएकोले दुवैलाई साथमै राख्न भनेको थियो ।

लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका छन् । लामिछानेले बिगोबराबरको बैंक ग्यारेन्टी समे बुझाए पनि यसअघि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत गएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!