२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंजमा चालु आर्थिक वर्षको ३ महिनामा २ खर्ब १८ अर्ब १० करोड मूल्य पर्नेको सामान आयात,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, कार्तिक २२, २०८२

पर्सा । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने रु एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको जानकारी दिए।

वीरगञ्ज नाका हुँदै तीन महिनामा रु ३८ अर्ब नौ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ। रु १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा रु १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। रु १४ अर्ब ८० करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ।

त्यस्तै रु १२ अर्ब ८१ करोड मूल्य पर्ने मलखाद आयात भएको छ। रु १२ अर्ब १६ करोड मूल्य पर्ने सबै प्रकारका कपडा आयात भएको छ। रु १२ अर्ब छ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तीनका पार्टपुजा आयात भएका छन्। सोही अवधिमा रु १० अर्ब १२ करोड मूल्य पर्ने यातायातका साधन र तिनका पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]