०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

बाँके राष्ट्रिय निकुञ्ज कोहलपुरका विभिन्न क्षेत्रमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २२, २०८२

 

बाँके । केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एक जनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् ।

सोही क्रममा कोहलपुर नगरपालिका–१२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ ।

खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने गरेको बताए ।

उनले निकुञ्ज नजिकै रहेको हुँदा चितुवा र बाघको डरले आफुहरू साँझैदेखि घरबाट बाहिर निस्कन नसकेको तथा हरेक समय डर र त्रासमा बस्नु परेको बताए ।

सोही ठाउँका अर्का स्थानीय मनविर सुनारले केही दिनको अन्तरालमा कोहलपुरको निबुवादेखि खड्कवारसम्मका चार स्थानमा चितुवाले बाख्रा खाएको बताए । उनले चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेको जनाउँदै सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण तत्काल हुनुपर्ने माग गरे ।

पछिल्लो समयमा निकुञ्ज आसपासका गाउँबस्तीमा पटक पटक बाघ र चितुवा देखिने तथा आक्रमणसमेत गर्ने गरेका घट्नाहरू बढ्दै गएकोप्रति अधिकांश स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!