०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

प्रहरीको हत्याको आरोपमा थप एकजना पक्राउ, पेस्तोल र गोली बरामद अरु पनि पक्राउ गर्ने क्रम जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २४, २०८२

 

काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भएको आगजनी, लुटपाट र प्रहरी हत्या घटनामा संलग्न एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुरको साल्पा सिलिचो गाउँपालिका–२, दोभाने निवासी ३६ वर्षीय इन्द्रबहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिइएको हो । हाल उनी काठमाडौं महानगरपालिका–१६, पवित्रनगरमा बस्दै आएका थिए ।
राईको डेरामा खानतलासी गर्दा प्रहरीले टाइप–५४ पेस्तोल, म्याग्जिनमा रहेका ७ राउन्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको जनाएको छ ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भीडले आगजनी र लुटपाट गरेको थियो । योसँगै प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । जसमध्ये सात जना पुर्पक्षका लागि थुनामा छन् ।भदौ २४ गते महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!