१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रहरीको हत्याको आरोपमा थप एकजना पक्राउ, पेस्तोल र गोली बरामद अरु पनि पक्राउ गर्ने क्रम जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २४, २०८२

 

काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भएको आगजनी, लुटपाट र प्रहरी हत्या घटनामा संलग्न एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुरको साल्पा सिलिचो गाउँपालिका–२, दोभाने निवासी ३६ वर्षीय इन्द्रबहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिइएको हो । हाल उनी काठमाडौं महानगरपालिका–१६, पवित्रनगरमा बस्दै आएका थिए ।
राईको डेरामा खानतलासी गर्दा प्रहरीले टाइप–५४ पेस्तोल, म्याग्जिनमा रहेका ७ राउन्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको जनाएको छ ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भीडले आगजनी र लुटपाट गरेको थियो । योसँगै प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । जसमध्ये सात जना पुर्पक्षका लागि थुनामा छन् ।भदौ २४ गते महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!