१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

आइजीपी चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २६, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आइजीपी खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।

विदाइ भेटका क्रममा खापुङ्गका उत्तराधिकारीका रूपमा हालै नियुक्त दानबहादुर कार्की पनि उपस्थित भएका थिए। भेटमा प्रहरी संगठनको हालको अवस्था र आगामी कार्ययोजनासम्बन्धी विषयमा सामान्य कुराकानी भएको प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जनाएको छ।

छोटो कार्यकालका क्रममा खापुङले नेपाल प्रहरीको नेतृत्व गर्दै संस्थागत प्रणालीलाई सुदृढ बनाउन अग्रसर रहे। इतिहासकै ठूलो ‘जेन जेड आन्दोलन’ समेत उनले सामना गर्नुपर्‍यो। यस क्रममा उनले प्रहरी संगठनको पक्षमा दृढ र व्यावसायिक रूपमा उभिए।

उनी आज राति १२ बजेदेखि सेवा अवकाश हुँदै छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!