२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

नेपाल प्रहरीको ३२ औं आईजीपी खापुङ ३० वर्षे सेवा पूरा गरी अवकाश, बिहीबार कार्कीले कमान्ड सम्हाल्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । नेपाल प्रहरीका आईजिपी चन्द्र कुबेर खापुङलाई छोटो कार्यकालका लागि आईजीपी नियुक्त गरिएको थियो । तत्कालीन सरकारले भदौ १४ गते उनको नियुक्ति गरेको थियो भने भदौ १९ गते पदभार ग्रहण गरेका थिए ।

उनको नेतृत्व कार्यकालको सुरुमा मात्रै देशभरि तनावपूर्ण परिस्थितिहरू देखा परेका थिए । भदौ २३ गते जेनजी आन्दोलन भएपछि देशभरका प्रहरी कार्यालय र संरचनामाथि आक्रमण भएको थियो ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी प्रधान कार्यालयले उनलाई बिदाइ गरे।

नेपाल प्रहरीको नयाँ नेतृत्वको जिम्मेवारी आईजीपी दानबहादुर कार्कीले सम्हाल्ने भएका छन् । नवनियुक्त आईजीपी कार्कीलाई गृह मन्त्रालयमा आज बिहान १०ः४५ बजे गृहसचिव रामेश्वर दङ्गालले दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ ।

त्यसलगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पुगेर उनले पद बहाली गर्नेछन् । मन्त्रिपरिषद्ले सोमबार बसेको बैठकमा कार्कीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!