१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाल प्रहरीको ३२ औं आईजीपी खापुङ ३० वर्षे सेवा पूरा गरी अवकाश, बिहीबार कार्कीले कमान्ड सम्हाल्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । नेपाल प्रहरीका आईजिपी चन्द्र कुबेर खापुङलाई छोटो कार्यकालका लागि आईजीपी नियुक्त गरिएको थियो । तत्कालीन सरकारले भदौ १४ गते उनको नियुक्ति गरेको थियो भने भदौ १९ गते पदभार ग्रहण गरेका थिए ।

उनको नेतृत्व कार्यकालको सुरुमा मात्रै देशभरि तनावपूर्ण परिस्थितिहरू देखा परेका थिए । भदौ २३ गते जेनजी आन्दोलन भएपछि देशभरका प्रहरी कार्यालय र संरचनामाथि आक्रमण भएको थियो ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी प्रधान कार्यालयले उनलाई बिदाइ गरे।

नेपाल प्रहरीको नयाँ नेतृत्वको जिम्मेवारी आईजीपी दानबहादुर कार्कीले सम्हाल्ने भएका छन् । नवनियुक्त आईजीपी कार्कीलाई गृह मन्त्रालयमा आज बिहान १०ः४५ बजे गृहसचिव रामेश्वर दङ्गालले दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ ।

त्यसलगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पुगेर उनले पद बहाली गर्नेछन् । मन्त्रिपरिषद्ले सोमबार बसेको बैठकमा कार्कीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!