१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउन उच्च अदालत बुटवलको आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

रुपन्देही । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक  छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने (थप प्रमाण) आदेश गरेको हो ।

यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

आज लामिछानेका तर्फबाट अधिवक्ताहरू नारायणदत्त कँडेल, महेन्द्र पाण्डे र दीपेन्द्र झाले बहस गरेका थिए । सरकारी वकिलको कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय, बुटवलका महान्यायाधिवक्ता सन्देश श्रेष्ठ र महान्यायाधिवक्ता प्रकाश मरासिनीले बहस गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए ।

लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत निवेदनसाथ पेस गरेका थिए ।  जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए ।

यस्तै गोर्खा मिडिया सञ्चालन तथा  पूर्व डिआइजी छविलाल जोशीको  बिगा बापत रकम जम्मा गरी रिहा हुने माग गर्दे निवेदन दिएका थिए ।

उच्च अदालतले ती  दुवै लगाउला राख्दै एकै साथ हेरेको थियो । अहिले रवि नख्खु कारागारमा रहेका छन् भने छवि भैरहवा कारागारमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!