१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कर्णाली प्रदेश प्रहरी अस्पतालले प्रहरी युनिटसँग प्रहरीहरुको स्वास्थ्य चेकजाँच परीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

सुर्खेत । स्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम अन्र्तगत प्रहरीको स्वास्थ्य जाँच गरेको छ । अस्पतालमा पहिलो चरणमा वीरेन्द्रनगरमा रहेका प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी अस्पतालले सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा रहेका प्रहरीहरुको दुई दिने कार्यक्रम गरेर प्रारम्भिक स्वास्थ्य जाँच गरेको हो । प्रहरीहरुको स्वास्थ्यबारे लगत संकलन तथा स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो ।

प्रहरीहरुमा भएको समस्याहरु पहिचान गर्ने र त्यसअनुरुप अस्पतालमा औषधी ब्यवस्थापन गर्ने कार्य समेत हुने अस्पतालले जनाएको छ । ‘स्वास्थ्य जाँचका साथै प्रहरीहरुमा कस्तो समस्या छ । त्यसको तथ्यांक संकलन समेत गरेका छौं ।’  कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख (डिएसपी) डा. श्यामकृष्ण लौडारीले भने, ‘त्यसको आधारमा उनीहरुको फलोअप चेकजाँच र औषधीहरुको ब्यवस्थापन मिलाईनेछ ।’

राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु, कर्णाली प्रदेश प्रहरी गण, कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको जनाईएको छ । सुर्खेतपछि कर्णालीका विभिन्न जिल्लामा क्रमश स्वास्थ्य जाँचका कार्यक्रमहरु गरिने प्रहरी अस्पतालले जनाएको छ ।

प्रहरीले आफ्नो स्वास्थ्य समस्यहरु खुलेर परिवार तथा स्वास्थ्यकर्मीसंग राख्नुपर्ने र उपचार समयमै गरेर सदा स्वस्थ्य भईरहनुपर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) तथा निमित्त प्रमुख केदारप्रसाद खनालले बताए । प्रहरी अस्पताल सुर्खेतमै भएको हुँदा सानातिनादेखि ठुला समस्य भएमा अस्पतालमा आउनुभएका अनुभवी डाक्टरसंग देखाएर निरोगी हुनुपर्ने स्वास्थ्य परिक्षण कार्यक्रममा एसएसपी खनालले बताए ।

कर्णाली प्रदेश प्रहरी गणमा २ सय २९ जना, प्रदेश ट्राफिक राजमार्ग ब्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक  प्रहरी कार्यालय गरेर ४८ जना, जिल्ला प्रहरी कार्यालयमा ८९ जना र कर्णाली प्रदेश प्रहरी कार्यालयमा १ सय ३४ जना गरेर ५ सय जना प्रहरीको स्वास्थ्य चेकजाँच गरिएको जनाईएको छ । कर्णाली प्रदेश प्रहरी अस्पताल दुई डाक्टरसहित १७ स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!