०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

कर्णाली प्रदेश प्रहरी अस्पतालले प्रहरी युनिटसँग प्रहरीहरुको स्वास्थ्य चेकजाँच परीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

सुर्खेत । स्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम अन्र्तगत प्रहरीको स्वास्थ्य जाँच गरेको छ । अस्पतालमा पहिलो चरणमा वीरेन्द्रनगरमा रहेका प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी अस्पतालले सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा रहेका प्रहरीहरुको दुई दिने कार्यक्रम गरेर प्रारम्भिक स्वास्थ्य जाँच गरेको हो । प्रहरीहरुको स्वास्थ्यबारे लगत संकलन तथा स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो ।

प्रहरीहरुमा भएको समस्याहरु पहिचान गर्ने र त्यसअनुरुप अस्पतालमा औषधी ब्यवस्थापन गर्ने कार्य समेत हुने अस्पतालले जनाएको छ । ‘स्वास्थ्य जाँचका साथै प्रहरीहरुमा कस्तो समस्या छ । त्यसको तथ्यांक संकलन समेत गरेका छौं ।’  कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख (डिएसपी) डा. श्यामकृष्ण लौडारीले भने, ‘त्यसको आधारमा उनीहरुको फलोअप चेकजाँच र औषधीहरुको ब्यवस्थापन मिलाईनेछ ।’

राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु, कर्णाली प्रदेश प्रहरी गण, कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको जनाईएको छ । सुर्खेतपछि कर्णालीका विभिन्न जिल्लामा क्रमश स्वास्थ्य जाँचका कार्यक्रमहरु गरिने प्रहरी अस्पतालले जनाएको छ ।

प्रहरीले आफ्नो स्वास्थ्य समस्यहरु खुलेर परिवार तथा स्वास्थ्यकर्मीसंग राख्नुपर्ने र उपचार समयमै गरेर सदा स्वस्थ्य भईरहनुपर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) तथा निमित्त प्रमुख केदारप्रसाद खनालले बताए । प्रहरी अस्पताल सुर्खेतमै भएको हुँदा सानातिनादेखि ठुला समस्य भएमा अस्पतालमा आउनुभएका अनुभवी डाक्टरसंग देखाएर निरोगी हुनुपर्ने स्वास्थ्य परिक्षण कार्यक्रममा एसएसपी खनालले बताए ।

कर्णाली प्रदेश प्रहरी गणमा २ सय २९ जना, प्रदेश ट्राफिक राजमार्ग ब्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक  प्रहरी कार्यालय गरेर ४८ जना, जिल्ला प्रहरी कार्यालयमा ८९ जना र कर्णाली प्रदेश प्रहरी कार्यालयमा १ सय ३४ जना गरेर ५ सय जना प्रहरीको स्वास्थ्य चेकजाँच गरिएको जनाईएको छ । कर्णाली प्रदेश प्रहरी अस्पताल दुई डाक्टरसहित १७ स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

error: Content is protected !!