२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

आन्दोलन क्रममा विभिन्न प्रहरी अनुसन्धानमा रहेका कागजातहरु उपलब्ध गराइदिन प्रहरीको अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलबध गराइदिन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]

  **घोराही, । दाङको घोराही उपमहानगरपालिका–१५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]