०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

आफूलाई प्रहरीको सीआईबी र पत्रकार बताउँदै होटलमा ठगी गर्ने गिरोह २ जना काठमाडौंबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २८, २०८२

 

काठमाडौं । धनुषा, मिथिला नगरपालिका– ९ लालगढ घर भई काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका १० गोठाटार बस्ने ४१ वर्षीय रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका ७ घर भइ काठमाडौं, कीर्तिपुर भत्केकोपाटी बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।

कात्तिक १६ गते कोटेश्वरमा तीन/चार जनाको समूहमा आएका व्यक्तिहरूले खाजा खाएर बसिरहेका २ जनाको साथबाट आफूहरूलाई सीआईबी प्रहरी बताउँदै ५०- ५० हजार गरी १ लाख रूपैयाँ इसेवामा ट्रान्सफर गर्न लगाउनुको साथै ६ हजार रूपैयाँसमेत लिएर फरार भएको काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको पासपोर्ट ११ थान, विभिन्न संस्थाहरूको आईडी १३ थान, विभिन्न कार्यालयहरूको छाप ४ थान, एटीएम कार्ड ३ थान,नगद रसिदको ठेली ११ थान, विभिन्न व्यक्तिका निवेदनहरू र मिलापत्रको कागजातहरू बरामद गरेको छ । उनीहरूले प्रेसको परिचयपत्र पनि बोकेको पाइएको छ ।

बानेश्वर प्रहरी टोलीले पक्राउ परेका २ जनालाई बिहीबार ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

error: Content is protected !!