काठमाडौं । प्यूठान गौमुखी गाउँपालिका-४ का २२ वर्षीय मेघराज सुनार रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सुनारले एक व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने बहानामा २८ लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए।
सुनारलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।