०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

रास्वपाको टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु विरोध प्रदर्शन केही पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०५, २०८२

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो ।

रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश कुमार सिंहलाई टिकट दिएको भन्दै उनीहरूले विरोध गरेका छन् । धर्नामा बसेका कार्यकर्ताको कुरानै नसुन्नी सभापति लामिछाने होटेलबाट बाहिरएका छन् ।

विरोध प्रदर्शनमा उत्रेका सर्लाही-३ रास्वपाका कार्यकर्ता दिपक महतो चारजना धनुषा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा धनुषामा लगिएको छ ।

उनीहरूले डाक्टर सिंह नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्डका’ कार्यकर्ता रहेको आरोप लगाएका छन् । डाक्टर सिंहले सभापति लामिछानेलाई आर्थिक प्रभावमा पारेर पार्टीभित्र चलखेल गरेको आरोप समेत लगाएका हुन् ।

होटेलको मूल ढोकामा विरोध गरिरहेका कार्यकर्तालाई रास्वपाका प्रबक्ता मनिष झाले टेलिफोन गरेर सम्झाउन खोजेपनि उनीहरूले कुनै हालतमा सर्लाहीमा अमरेशलाई स्वीकार नगर्ने जवाफ दिएका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेर उनीहरू प्रहरीले त्यहाँबाट लगेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।