२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रास्वपाको टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु विरोध प्रदर्शन केही पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०५, २०८२

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो ।

रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश कुमार सिंहलाई टिकट दिएको भन्दै उनीहरूले विरोध गरेका छन् । धर्नामा बसेका कार्यकर्ताको कुरानै नसुन्नी सभापति लामिछाने होटेलबाट बाहिरएका छन् ।

विरोध प्रदर्शनमा उत्रेका सर्लाही-३ रास्वपाका कार्यकर्ता दिपक महतो चारजना धनुषा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा धनुषामा लगिएको छ ।

उनीहरूले डाक्टर सिंह नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्डका’ कार्यकर्ता रहेको आरोप लगाएका छन् । डाक्टर सिंहले सभापति लामिछानेलाई आर्थिक प्रभावमा पारेर पार्टीभित्र चलखेल गरेको आरोप समेत लगाएका हुन् ।

होटेलको मूल ढोकामा विरोध गरिरहेका कार्यकर्तालाई रास्वपाका प्रबक्ता मनिष झाले टेलिफोन गरेर सम्झाउन खोजेपनि उनीहरूले कुनै हालतमा सर्लाहीमा अमरेशलाई स्वीकार नगर्ने जवाफ दिएका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेर उनीहरू प्रहरीले त्यहाँबाट लगेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]