२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

तुलसीपुर महोत्सवमा दर्शकको ओइरो सोमवार देखि हेलिकप्टरमा यात्राको हुने

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(शरद रेग्मी)
दाङ माघ १२ तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आईतबार पनी उल्लेख्य दर्शकहरुको सहभागिता रहेको छ । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरेका छन ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले आयोजकहरुलाई समेत हौसाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीतिले महोत्सवले लिएको लक्ष्य हासिल हुनेमा आयोजकहरु बिश्वस्त रहेका छन ।
महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनि ,जुम्लाको अर्गानिक सामाग्रि , बाल उद्यान , मौतका कुवा ,होचि महिला ईश्वरि माया छिनाल , दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती , स्थानिय नृत्य प्रतियोगिता लगाएतका रहेका छन ।
आज तुलसीपुरमा देवि घर्ति, टिका सानु, रिता केसी, रेश्मी तामाङ ,कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, प्रेम विवस घर्ति , दिपक कुमाल ,उमादेवि खनाल लगायतका कलाकारहरुले महोत्सवमा दर्शकहरुलाई आफनो प्रस्तुतिका माध्यम बाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन । त्यसैगरि आजै देखि महोत्सवमा दंगल कुश्ति खेल समेत शुरु भएको छ ।
महोत्सवको ५०१ नम्वर स्टलमा आज देखि दंगल कुस्ती खेल समेत राखिएको छ । उक्त खेल हेर्नका लागी दर्शकहरुले ५० रुपैयाको टिकट काटनु पर्ने आयोजकले जनाएको छन । त्यसैगरि दैनिक ३ घण्टा भने निशुल्क रुपमा खेल हेर्ने व्यवस्था समेत गरिएको संयोजक अनुज खडकाले बताए ।
महोत्सवमा तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागी सरकारको ध्यानाार्षण गराउने उदेश्यले दैनिक अतिथिहरु आमण्त्रण गरि प्रतिवद्धता जनाउने कार्यक्रम समेत शुरु गरिएको छ । जस अन्र्तगत आइतबावर नेपाली काग्रेसका नेता तथा सविधान सभा सदस्य वुद्यिराम भण्डारीले तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागि काग्रेस पार्टि लागि परेको बताए । साथै उनले आफु माननिय हुदा समेत एअरपोर्टका लागि पर्यटन मन्त्रिलाई ल्याएर सम्भाव्यता अध्यण गराएको बताए । त्यस्तै महोत्सवमा सोमबार चर्चित दोहोरी गायक पशुपती शर्मा , राधिका हमाल , मौसमी राना , प्रशांस कडेल , सिर्जना खत्री , कमल गाउँले सहित अन्य राष्टियत तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सास्कृतिक संयोजक ललित जंग शाहले बताए ।
तुलसीपुुर महोत्सवमा हेलिकप्टर यात्रा
तुलसीपुर महोत्सवको चौथो दिन सोमवार देखि हेलिकप्टर यात्राको कार्यक्रम राखिएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले स्थानिय पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम मिलाईएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
आयोजकका अनुसार भोलि देखि हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा ,स्वर्गद्धवारी , धारापानी , पु्रन्धारा छहरा , खैरावाङ , कुपेण्डे ताल , रारा ताल , से फोक्सुण्डो ताल लगाएतका पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बिर बहादुुर रावत बिरुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!