१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २०, २०८२

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो।

निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई बदली गर्नका लागि गरुड दल गण (शान्ति सेना) को १२ औँ डफ्फा त्यसतर्फ गएको हो। उक्त गणका १६५ जना सैनिकहरू आज दक्षिण सुडान प्रस्थान गरेका हुन्।

यसैगरी, उक्त मिसनमा आफ्नो तोकिएको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका चण्डीप्रसाद गणका १६५ जना नेपाली शान्ति सैनिकहरूको टोली आजै स्वदेश फिर्ता भएको पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७८ जना शान्ति सैनिकहरू कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!