१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

दाङ प्रहरीले चितुवाको छाला सहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(एबिसी संचार)
दाङ माघ १३ घाेराहीमा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–१ बस्ने २४का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटि गएको प्रहरी टोलीले पुन र घर्तीलाई घोराही उपमहानगरपालिका १४ बसर्पाकबाट चितुवाको छाला सहित पक्राउ गरेको हो ।
प्रहरीले टाउको, बंगराको भागदेखि पुच्छरसम्मको पुरै भाग भएको चितुवाको छाला बरामद गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]