२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

बलात्कार गरेको अभियोगमा कुसुमबाट एक युवक पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(महेन्द्र सिंह)
बाँकेको कुसुममा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन्।
रातको समयमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले राप्तीसोनारी गाउँपालिका, १ का २४ वर्षीय विक्रम थारूलाई पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय कुसुमबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीविरुद्ध जबरजस्ती करणी सम्बन्धिको कसूरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराइ थप प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!