१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

माया गर्छु भन्दै बलात्कार गर्यो महिनावारी रोकिएपछि प्रहरीमा मुद्दा

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ १६ सुन्दा पनि अचम्म लाग्ने प्रेममा जातभात हुदैन भनेर भनिन्छ फिल्ममा मात्रै रैछ यस्तै घटना बाँकेको गाभरको जंगलमा घटेयो प्रेममा जबर्जस्ती पनि हुँदैन भन्ने विश्वास थियो । तर ३ महिनाअघि भारतदेखि पुर्ख्यौर्ली घर आउँदा उनका छिमेकी (नवीन रोकायसँग) चिनजान भयो । भेट भएको एक सातामै युवकले प्रेम प्रस्ताव राखे ।
आफू दलित समुदायकी भएकाले विवाह सम्भव नहुने भन्दै प्रेम अस्वीकार गर्दै आइन् । परिवारले नस्वीकारे पनि म अपनाउँछु भन्दै फकाउन थाले । परिचय गाढा भएपछि घुम्न जान दबाब दिए ।
‘खुला चौरमा जाऊँ भन्दा मान्थेन,’ उनले भनिन्, ‘जबर्जस्ती जंगलमा लग्यो ।’ बैजनाथकी १८ वर्षीयाले चार महिनाअघि आफूमाथि बलात्कार भएको बताइन ।
गाभरको जंगलमा लगेर बैजनाथ गाउँपालिका–१ का रोकायले गोप्य अंग चलाउन थाले । ‘छि के गरेको यस्तो नगर्नु, मैले पटक–पटक इन्कार गरें,’ पीडित युवतीले भनिन्, ‘म तिमीलाई प्रेम गर्छु भन्यो ।’
नाइनास्ती गर्दा भुइँमा धकेलेर जबर्जस्ती गरेको उनले सुनाइन् । ‘टाउको भुइँमा बजारियो, शरीरमा काँडाले घोच्दासमेत छोडेन,’ उनले भनिन्, ‘माया गर्छु भन्थ्यो, जबर्जस्ती गर्यो ।’
महिनावारी रोकिएपछि कोहलपुर इलाका प्रहरी कार्यालयमा बिहीबार बलात्कार मुद्दा दर्ता गराएकी हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी कुलदीप चन्दले पीडित युबतीले मुद्दा दर्ता गरेको थप प्रमाण र अनुसन्धान गर्न थालिएको बताए । डाक्टरको मेडिकल रिपोर्ट आउन बाँकी छ अभियुक्त फरार छ ।’ बलात्कार खुलासा भएपछि पीडित परिवारलाई मिलापत्रका लागि दबाब आएको पीडित परिवारले बताएका छ्न । यता कोहलपुर प्रहरी प्रमुख डिएसपी चन्दका अनुसार बलात्कार भएको कुरा मेलमिलाप बाट नहुने कानुनी कार्वाही अनुसार बलात्कारी लाई सजाय हुने डिएसपी चन्दले बताए।i

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!