०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

समृद्धिका लागि सञ्चारको बलियो सहभागिता: प्रियासन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०१, २०८३

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन नसक्ने बताउनुभयो ।नेपाली सञ्चार क्षेत्रले मुलुकलाई गतिशील बनाउनको लागि सदैव भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपाललाई सही बाटोबाट अगाडि बढाउन नेपाली सञ्चारले सधैंभरि सहभागिता जनाउने बताउनुभयो । पछिल्लो समय संचारमा डिजिटल प्रविधि भित्रिएको बताउँदै यसलाई बहु उपयोगी बनाउन नेपाल पत्रकार महासंघले प्रभावकारी कार्यक्रमहरू लागु गरेको जानकारी दिनुभयो । सम्पूर्ण संचारकर्मीहरूको एकता नै आजको आवश्यकता भएको बताउँदै पत्रकारितालाई सबै पक्षसँग जोड्नको लागि पत्रकार महासंघ कतिबद्ध भएर अघि बढेको प्रियासनको भनाइ छ । अनलाइनका सञ्चालक कैलाश घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, मगर सङ्घ दाङका अध्यक्ष मुक्त बुढा, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढा लगायतकाले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण सन्तबहादुर रोकाले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!