१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

सेटिङको नाङ्गो नाच: प्रहरीले पक्राउ गरेको १० क्विन्टल अवैध अंगुर भन्सारले ‘क्लिन चिट’ दिँदै राति सुटुक्क भगायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख ०६, २०८३

कपिलवस्तु । राज्यको ढुकुटी रित्याएर व्यापारी पोस्ने खेलमा कपिलवस्तुको मर्यादपुर भन्सार र केही भ्रष्ट कर्मचारीहरूको लज्जास्पद मिलोमतो पर्दाफास भएको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरी ल्याइएको भारतीय ट्रकलाई प्रहरीले प्रमाणसहित पक्राउ गर्दा समेत भन्सार कार्यालयले उल्टै प्रहरीको दाबीलाई चुनौती दिँदै रातको अन्धकारमा गाडी छाडेपछि कर्मचारी, एजेन्ट र व्यापारीबीचको ‘अपवित्र गठबन्धन’ छताछुल्ल भएको हो।

प्रहरीको प्रमाण, भन्सारको अहंकार
बैशाख २ गते यूपी ४१ बीटी ५३६७ नम्बरको भारतीय ट्रकले ११ टन अंगुर ल्याएको थियो, तर प्रज्ञापनपत्रमा १० टन मात्र देखाई १ टन (१० क्विन्टल) को राजस्व मारिएको थियो। इलाका प्रहरी कार्यालय पकडीले तौल र अनुसन्धानबाटै ठगी पुष्टि गरेर मर्यादपुर भन्सार बुझाएको थियो।
तर, भन्सारका अधिकारीहरूले “हामीले गरेको जाँचपास ठिक छ” भन्दै प्रहरीको पत्र बुझ्न समेत अस्वीकार गरे। अचम्मको कुरा त यो छ कि, बिहान १० बजे बुझाइएको गाडीलाई दिनभर रोकेर राति ११ बजे “कारबाही गर्नु नपर्ने” भन्दै गुपचुप छाडियो।

के भन्छन् जिम्मेवार अधिकारी?
• डीएसपी रिपेन्द्र सिंह (प्रवक्ता, जिप्रका कपिलवस्तु): “हामीले तौल गर्दा १० क्विन्टल बढी भेटिएकै हो। कारबाहीका लागि भन्सार पठाएका हौँ, बाँकी कुरा उनीहरूलाई नै सोध्नुहोस्।”
• किरण विष्ट (प्रमुख भन्सार अधिकृत): “प्रहरीले उजुर गर्दैमा कारबाही गर्नुपर्छ भन्ने छैन, हामीले गरेको जाँचपास ठिक थियो।”

भ्रष्टाचारको ‘ट्रयाक’: कृष्णनगरभन्दा मर्यादपुर किन रोजिन्छ?
स्रोतका अनुसार पछिल्लो समय कृष्णनगर नाकाभन्दा मर्यादपुर नाका तस्करहरूको रोजाइमा पर्नुको मुख्य कारण त्यहाँका कर्मचारी र भन्सार एजेन्टहरूबीचको ‘खुल्ला सेटिङ’ हो। शिवकान्त गुप्ताको ‘शिवांश इम्पोर्ट एक्सपोर्ट’ मार्फत आएको उक्त सामानमा भएको यो लापरबाहीले के पुष्टि गर्छ भने भन्सार कार्यालय अहिले राज्यको राजस्व उठाउने थलो होइन, तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ।

प्रहरीको मनोबलमाथि प्रहार
महिनौँको निगरानी र मेहनतपछि तस्करी नियन्त्रण गर्न खटिएका प्रहरीको प्रमाणलाई भन्सारले रद्दीको टोकरीमा फालिदिँदा सुरक्षाकर्मीहरूको मनोबल खस्किएको छ। यसले के सन्देश दिन्छ भने— “शक्ति र सेटिङ भए कानुनले केही गर्दैन।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]