२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

सेटिङको नाङ्गो नाच: प्रहरीले पक्राउ गरेको १० क्विन्टल अवैध अंगुर भन्सारले ‘क्लिन चिट’ दिँदै राति सुटुक्क भगायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख ०६, २०८३

कपिलवस्तु । राज्यको ढुकुटी रित्याएर व्यापारी पोस्ने खेलमा कपिलवस्तुको मर्यादपुर भन्सार र केही भ्रष्ट कर्मचारीहरूको लज्जास्पद मिलोमतो पर्दाफास भएको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरी ल्याइएको भारतीय ट्रकलाई प्रहरीले प्रमाणसहित पक्राउ गर्दा समेत भन्सार कार्यालयले उल्टै प्रहरीको दाबीलाई चुनौती दिँदै रातको अन्धकारमा गाडी छाडेपछि कर्मचारी, एजेन्ट र व्यापारीबीचको ‘अपवित्र गठबन्धन’ छताछुल्ल भएको हो।

प्रहरीको प्रमाण, भन्सारको अहंकार
बैशाख २ गते यूपी ४१ बीटी ५३६७ नम्बरको भारतीय ट्रकले ११ टन अंगुर ल्याएको थियो, तर प्रज्ञापनपत्रमा १० टन मात्र देखाई १ टन (१० क्विन्टल) को राजस्व मारिएको थियो। इलाका प्रहरी कार्यालय पकडीले तौल र अनुसन्धानबाटै ठगी पुष्टि गरेर मर्यादपुर भन्सार बुझाएको थियो।
तर, भन्सारका अधिकारीहरूले “हामीले गरेको जाँचपास ठिक छ” भन्दै प्रहरीको पत्र बुझ्न समेत अस्वीकार गरे। अचम्मको कुरा त यो छ कि, बिहान १० बजे बुझाइएको गाडीलाई दिनभर रोकेर राति ११ बजे “कारबाही गर्नु नपर्ने” भन्दै गुपचुप छाडियो।

के भन्छन् जिम्मेवार अधिकारी?
• डीएसपी रिपेन्द्र सिंह (प्रवक्ता, जिप्रका कपिलवस्तु): “हामीले तौल गर्दा १० क्विन्टल बढी भेटिएकै हो। कारबाहीका लागि भन्सार पठाएका हौँ, बाँकी कुरा उनीहरूलाई नै सोध्नुहोस्।”
• किरण विष्ट (प्रमुख भन्सार अधिकृत): “प्रहरीले उजुर गर्दैमा कारबाही गर्नुपर्छ भन्ने छैन, हामीले गरेको जाँचपास ठिक थियो।”

भ्रष्टाचारको ‘ट्रयाक’: कृष्णनगरभन्दा मर्यादपुर किन रोजिन्छ?
स्रोतका अनुसार पछिल्लो समय कृष्णनगर नाकाभन्दा मर्यादपुर नाका तस्करहरूको रोजाइमा पर्नुको मुख्य कारण त्यहाँका कर्मचारी र भन्सार एजेन्टहरूबीचको ‘खुल्ला सेटिङ’ हो। शिवकान्त गुप्ताको ‘शिवांश इम्पोर्ट एक्सपोर्ट’ मार्फत आएको उक्त सामानमा भएको यो लापरबाहीले के पुष्टि गर्छ भने भन्सार कार्यालय अहिले राज्यको राजस्व उठाउने थलो होइन, तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ।

प्रहरीको मनोबलमाथि प्रहार
महिनौँको निगरानी र मेहनतपछि तस्करी नियन्त्रण गर्न खटिएका प्रहरीको प्रमाणलाई भन्सारले रद्दीको टोकरीमा फालिदिँदा सुरक्षाकर्मीहरूको मनोबल खस्किएको छ। यसले के सन्देश दिन्छ भने— “शक्ति र सेटिङ भए कानुनले केही गर्दैन।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!