१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

बालेनको नयाँ सरकार गठनसँगै देशमा महँगी र कालोबजारी बढयो, नेकपा अध्यक्ष प्रचण्ड

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ।

‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन  र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको पनि नेकपाले बिरोध जनाएको छ। नयाँ सरकार गठनपछि महँगी बढेको भन्दै नियन्त्रण गर्न  माग गरेको छ।

‘नयाँ सरकार बढेसँगै महँगी र कालोबजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ’, गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

२०८२ चैतमा बालेन सरकार गठन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]