बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो।
बरामद सामग्रीमा खसीको छाला, किराना सामान, पेय पदार्थ, फलफूल, जुत्ता, मोटरसाइकल, तरकारी, सुर्तिजन्य पदार्थ, एग्रोभेटका औषधि, दूध, बोइलर कुखुरा र माछा लगायत रहेका छन्।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह, बाँकेमा बुझाइएको जनाएको छ।