१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसानहरु विषादी प्रयोगबारे सचेत बन्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १३, २०८३

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन ।

कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै गएका छन् ।

भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमूना परीक्षण गर्ने गरिएको छ । रानी तलाउ तरकारी बजारमा सार्वजनिक बिदाको दिनबाहेक प्रायः दैनिकरूपमा परीक्षण हुने गरेको अध्यक्ष थापा क्षेत्रीले बताइन् ।

बेमौसमी तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गर्ने गरेका छन् । पुस–माघको मौसमी सागमा विषादीको मात्रा नदेखिए पनि अहिले कीराबाट बचाउन किसानले विषादी प्रयोग गरेको हुनसक्ने आशङ्कामा बेमौसमी तरकारीमा विषादीको अवशेष नमूना जाँचमा चासो दिने गरेको अध्यक्ष थापा क्षेत्रीले बताइन् । रानी तलाउ तरकारी बजारमा अहिले जिल्लाकै किसानले उत्पादन गरको तरकारी बिक्रीवितरण भइरहेको छ । भारतबाट आउने तरकारी भन्सार गरेर ल्याउँदा महँगो पर्ने भएकाले नेपालकै तरकारीले बजार पाएको उनले बताइन् ।

विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा विषादीको मात्रा धेरै देखिने केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गौरव चौधरीले बताए । उनका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ‘ग्रीन लेबल’ (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई ‘एल्लो लेबल’ (चार–पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने) र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) भनेर कैफियत लेखिन्छ ।

विगतमा बाँकेको हिरमिनिया र बाबुगाउँ तथा भारतबाट आयात भएका तरकारीमा बढी मात्रामा विषादी अवशेष भेटिने गरे पनि अहिले सुधार आएको प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुईवटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगञ्जबाट २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमूना परीक्षण शुरु गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]