१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

रकम निकाल्न बहिनीको कंकाल बोकेर बैंक पुगेपछि बैंकभित्रका कर्मचारीहरु भागाभाग,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १५, २०८३

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ।

अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ।

ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही रकम निकाल्न खेपेको हैरानीका कारण उनी आफ्नी मृतक बहिनीको कंकाल बोकेर बैंक पुग्न बाध्य भएका थिए। उनी कंकाल बोकेर बैंक पुगेपछि बैंकभित्र भागाभाग भएको थियो।

वास्तवमा, जीतू आफ्नी बहिनी कलारा मुन्डाको खाताबाट २० हजार रुपैयाँ झिक्न चाहन्थे। यसका लागि उनी पटक–पटक बैंक गएका थिए। तर कर्मचारीहरूले खातावाला स्वंयनै उपस्थित गराउनुपर्ने भन्दै पटक-पटक उनलाई फर्काएका थिए।

जीतूले यसअघि नै बहिनीको मृत्यु भएको जानकारी बैंकलाई दिइसकेका थिए। तैपनि कुनै सहयोग नपाएपछि, निराश भएर उनले चिहानबाट कंकाल निकालेर बैंकमै प्रस्तुत गरे। बहिनीको कंकाल काँधमा बोकेर जीतू करिब ३ किलोमिटर पैदल हिँडे। त्यसपछि ओडिशा ग्रामिण बैंक को मल्लिपसी शाखाको बरामदामा कंकाल राखे। यो दृश्य देखेर त्यहाँ रहेका मानिसहरू स्तब्ध भए।

प्रहरीका अनुसार, जीतू अशिक्षित छन् र कानुनी प्रक्रियाबारे अनभिज्ञ थिए। बैंकका कर्मचारीहरुले उनलाइ बुझाउन र आवश्यक कागजात मिलाएर पैसा नदिंदा सिंगो भारतमानै यो घटनालाइ लिएर बहस सुरु भएको छ। त्यहाँको प्रशासनले उनलाई नियमहरू स्पष्ट रूपमा बुझाउँदै सहयोग गर्ने र छिट्टै पैसा उपलब्ध गराउने आश्वासन दिएपछि शवलाई पुनः चिहानमै गाडिएको थियो।

कंकाल देखेपछि बैंक कर्मचारीहरूले प्रहरी बोलाएका थिए। प्रहरीका अनुसार, जीतूलाई ‘कानुनी वारिस’ वा ‘नोमिनी’ के हो भन्ने जानकारी थिएन। बैंकका अधिकारीहरूले पनि मृत व्यक्तिको खाताबाट पैसा निकाल्ने प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको जनाएका छन्।

प्रहरीले जीतू मुन्डालाई उनकी मृत बहिनीको खाताबाट रकम निकाल्न सहयोग गर्ने आश्वासन दिएको छ। पछि, प्रहरीको उपस्थितिमा शवलाई फेरि चिहानमै गाडियो। डियानाली गाउँका बासिन्दा जीतू मुन्डा जुन कंकाल लिएर बैंक पुगेका थिए, त्यो उनकी दिदी कलारा मुन्डाको थियो।

कलाराको मृत्यु २६ जनवरी २०२६ मा भएको थियो। उनको खातामा नामित पति र छोराको पनि मृत्यु भइसकेको छ। त्यसैले खातामा रहेको रकममा जीतू नै एक मात्र दाबेदार भएका हुन्।

आर्थिक रूपमा कमजोर भएकाले उक्त रकम उनको जीवनयापनका लागि निकै महत्त्वपूर्ण मानिएको छ। त्यसैले उनले रकम झिक्ने प्रयास गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]