०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

दैलेखमा कोरोना भाइरस बारे सचेतना

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

भावना हमाल दैलेख माघ १९
जिल्ला प्रहरी कार्यालय दैलेखले कोरोना भाइरस संक्रमणको सम्भावना र सजगता बारे सचेतना कार्यक्रम गरेको छ ।
सदरमुकामको त्रिभुवन मावि दैलेखमा विद्यार्थीहरुका लाग गरिएको सचेतना कार्यक्रममा दैलेख जिल्ला अस्पतालका डाक्टर जगत थापाले सहजीकरण गरेका थिए ।
डा. थापाले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएको कारण रोकथामकोे लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिए ।
सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, स्वास्थ्य कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मी र त्रिभुवन मावि दैलेखका प्रधानाध्यापक निरक तारामीले कोरोना भाइरस लक्षण र रोकथामका उपाय बारे बोलेका थिए ।
हालसम्म कोरोना भाइरस फैलिएको चार हप्तामा चीनको हुवान प्रान्तमा २ सय ७० जनाको मृत्युु भइसकेको छ, नेपालमा २ जनामा संक्रमण भेटिएको बताइएको छ ।
कोरोना भाइरसबाट बच्न भ्याक्सिन पत्ता नलागेको कारण यसबाट बच्न नेपाल सरकारले सचेतना अभियान चलाउने नीति लिए अनुसार जिल्ला प्रहरी कार्यालयले स्वास्थ्य कार्यालय संगको समन्वयमा यो कार्यक्रम गरिएको प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]