२४ आषाढ २०८३, बुधबार
08-07-2026 , Wed
×

बिदाको दिनमा बिलविहीन सामान बोकेको सरकारी गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २२, २०८३

वीरगञ्ज । रौतहट जिल्ला प्रशासन कार्यालयबाट बविता जैसवालको नाममा जारी गरिएको सार्वजनिक चिन्हको सवारी पास प्रयोग गर्दै प्रदेश २–०२–००१ झ ००५९ नम्बरको सरकारी गाडी वीरगञ्ज महानगरपालिका–१५, सिद्धार्थ टोल क्षेत्रमा फेला परेपछि पर्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त गाडीमा प्रिन्टरलगायतका कार्यालय सामग्री बोकेको अवस्थामा फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा गाडीमा रहेका चालक (गुरुजी)सँग ती सामानको बिल वा खरिदसम्बन्धी कागजात नभएको बताइएको छ। साथै, पर्यटन बिकास कार्यालय गौरका प्रमुख बविता जैसवालले गाडी मर्मतका लागि आएको जानकारी दिएकोछ।

सवारी पासको प्रयोग, सामान ओसारपसारको वैधता, आवश्यक कागजात तथा ट्राफिक नियम पालना भए/नभएको विषयमा थप अनुसन्धानका लागि गाडीलाई पर्सा ट्राफिक प्रहरी कार्यालयमा लगिएको छ। ट्राफिक प्रहरीले अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल कृषि प्रधान देश भए पनि दैनिक उपभोगका धेरै कृषि उपजमा अझै आयातमा निर्भर छ। तीमध्ये खुर्सानी पनि एक प्रमुख बाली हो। नेपाली भान्सामा खुर्सानीको प्रयोग दैनिक रूपमा हुन्छ। तर, मागअनुसार स्वदेशी उत्पादन हुन नसक्दा हरेक वर्ष विदेशबाट ठूलो परिमाणमा खुर्सानी आयात गर्नुपरेको छ। भन्सार विभागका सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले […]

दाङ । सरुवा भएर आउनुभएका सिनियर प्रहरी अधिकृतलाई स्वागत कार्यालयमा नयाँ सरुवा भई आउनुभएका सिनियर प्रहरी अधिकृतहरूलाई *लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेशमा स्वागत गर्नुभएको छ। नयाँ टिमले प्रदेशको शान्ति-सुरक्षामा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन प्रहरी सहायक निरीक्षक* पदबाट *प्रहरी नायव […]

बाँके । नेपालगन्ज पछिल्लो समय जिल्ला प्रहरी कार्यलय बाँकेमा एसपी अंगुर जिसीको कामप्रति उत्साह देखाएको नागरिकहरुले विश्वास र भरोसा झल्काउँछ । कडाइ र निगरानी नेपालगञ्जका सीमा नाका, हुलाकी राजमार्ग र भित्री रुटमा चेकजाँच कडा पारिएको छ तस्करको सञ्जालमा धक्का चिनी,कपडा, लागुऔषध र भन्सार छलीका विभिन्न लगायतका सामानहरु ओसारपसारमा बाँके प्रहरीले नियमित रूपमा कारबाही गरिरहेको छ […]

error: Content is protected !!