बाँके । नेपालगन्ज पछिल्लो समय जिल्ला प्रहरी कार्यलय बाँकेमा एसपी अंगुर जिसीको कामप्रति उत्साह देखाएको नागरिकहरुले विश्वास र भरोसा झल्काउँछ ।
कडाइ र निगरानी नेपालगञ्जका सीमा नाका, हुलाकी राजमार्ग र भित्री रुटमा चेकजाँच कडा पारिएको छ
तस्करको सञ्जालमा धक्का चिनी,कपडा, लागुऔषध र भन्सार छलीका विभिन्न लगायतका सामानहरु ओसारपसारमा बाँके प्रहरीले नियमित रूपमा कारबाही गरिरहेको छ ।
स्थानीय, व्यापारी र सञ्चारकर्मीसँगको समन्वयले सूचना छिटो आउने र कारबाही छिटो हुने गरेको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।
सीमानाकाको जिल्ला भएकाले बाँकेमा तस्करीको दबाब सधैं रहन्छ। तर नेतृत्वले जीरो टोलरेन्सको नीति लियो भने परिणाम देखिनै थाल्छ। एसपी जिसीको कार्यकालमा “तस्करी शून्य” भन्ने आम मानिसको अनुभूति नै सबैभन्दा ठूलो मूल्याङ्कन हो।
अवैध काम गर्नेले प्रहरीलाई छल्न नयाँ-नयाँ बाटो खोज्ने गर्छन्। त्यसैले निरन्तर अनुगमन र जनताको साथ चाहिन्छ।