२५ आषाढ २०८३, बिहिबार
09-07-2026 , Thu
×

कैलाली सुख्खडका डिएसपी प्रसन्नराज चौधरीले प्रधानमन्त्री बालेनको हामी प्रहरी होइन,भने पछी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २४, २०८३

कैलाली । इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति, दल वा सरकारको नभई संविधान र कानुनको शासनअनुसार सञ्चालन हुने संस्था भएको बताएका छन् ।

एक सार्वजनिक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले प्रहरी संगठनको मूल दायित्व अन्यायमा परेकालाई न्याय दिलाउने र कानुनको निष्पक्ष कार्यान्वयन गर्ने रहेको उल्लेख गर्दै आफूहरू कुनै राजनीतिक नेतृत्वको प्रहरी नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामी बालेनको पुलिस पनि होइन, नेपाल प्रहरी हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल प्रहरी हो । केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो। मन परे ताली बजाउनुहोला।’

डीएसपी चौधरीले प्रहरी सेवामा आफू राजनीतिक पहुँच वा कुनै सिफारिसका आधारमा नभई प्रतिस्पर्धात्मक लोकसेवा परीक्षामार्फत प्रवेश गरेको पनि बताए।

उनले भने, ‘म भोट हालेर वा टीका लगाएर आएको होइन। यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न । म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ । हामी मेरिटका आधारमा छानिएका प्रहरी हौँ, दारु–भात खाएर आएका होइनौँ।’

उनी विभिन्न अभिव्यक्ति र हर्कतका कारण बेला बेला चर्चामा आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) विरुद्ध सार्वजनिक रूपमा टिप्पणी गर्ने इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्न चौधरीलाई जिल्ला प्रहरी कार्यालयले फिर्ता बोलाएको छ। एक औपचारिक कार्यक्रममा ‘म बालेनको प्रहरी होइन, जनताको सेवक हुँ’ भनी अभिव्यक्ति दिएपछि चौधरी विवादमा तानिएका थिए। प्रहरी स्रोतका अनुसार, पदीय आचरण विपरीत टिप्पणी गरेको भन्दै उनलाई सोधपुछका लागि जिल्ला […]

एजेन्सी । संयुक्त राष्ट्रसंघले आयोजना गरेको *पाँचौँ ‘चिफ अफ पुलिस समिट – UNCOPS 2026’* का क्रममा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक *नारायणदत्त पौडेलज्यु*ले धेरै उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ। *कस-कससँग भेट भयो:* 1. *Mr. Jean-Pierre Lacroix* – Under-Secretary-General, UN Department of Peace Operations 2. *Ms. Lisa Buttenheim* – Assistant Secretary-General, Department of Operational Support 3. […]

कैलाली । इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति, दल वा सरकारको नभई संविधान र कानुनको शासनअनुसार सञ्चालन हुने संस्था भएको बताएका छन् । एक सार्वजनिक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले प्रहरी संगठनको मूल दायित्व अन्यायमा परेकालाई न्याय दिलाउने र कानुनको निष्पक्ष कार्यान्वयन गर्ने रहेको उल्लेख गर्दै आफूहरू कुनै राजनीतिक […]

error: Content is protected !!