२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

सांसद खुस्बु ओलीले सत्तापक्षका सांसदहरू कि प्रधानमन्त्रीको पक्षमा बोल्नुहोस्, होइन भने सच्याउन आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ २५, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति सत्तारुढ दलका सांसदहरूलाई कि समर्थन गर्न कि त सच्याउन माग गर्न आग्रह गरेकी छन्।

‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिको प्रतिपक्षी दलहरूले संसदमा विरोध गरिरहेका छन्। सत्तारुढ दलका सांसदहरूले यस विषयमा कुनै विषय पनि नबोलेपछि कि समर्थन गर्न कि विरोध गर्न ओलीले आग्रह गरेकी हुन्।

बिहीबारको संसद बेठकमा बोल्दै उनले भनिन्– ‘म सत्ता पक्षका माननीय सदस्य ज्यूहरूलाई पनि आग्रह पूर्वक सोध्न चाहन्छु, के प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईँहरूलाई राष्ट्रिय हित अनुकूल लाग्दछ? यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्।’

उनले प्रधानमन्त्री शाहले सीमा सम्बन्धि अभिव्यक्ति संसदमा नभइ पार्टीको चितवन महाधिवेशनबाट सच्याएको भन्दै आपत्ति जनाइन्। ओलीले सार्वभौम संसद पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो? भन्दै प्रश्न पनि गरिन्।

‘प्रधानमन्त्री ज्यूले संसदलाई होइन आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। म सोध्न चाहन्छु, के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो? के सार्वभौम संसद पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ र कार्यपालिका संसदप्रति उत्तरदायी रहनु पर्छ। यदि संसदको सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसद र यो लोकतन्त्रको औचित्य के रहन्छ सभामुख महोदय?’, उनको प्रश्न छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]