११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

दाङको जुरौनी चिसापानी रङसिङ बाटोको हरी बिजोग स्थानीय जनताले दैनिक सास्ती भोग्दै,

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, आषाढ २८, २०८३

दाङ । जुरौनी चिसापानी रङसिङ बाटो भर्खामा हिलाम्मे,खाल्डाखुल्डी,सुख्खामा धुलो बिरामी, स्कुलका बालबालिका, सामान ओसार्ने सबैलाई चरम सास्ती र समस्या।

जुरौनी चिसापानी रङसिङका स्थानीय जनताहरुका ३ वटा मुख्य गुनासो एकदमै जायज छन् कतिसम्म सास्ती भोग्नुपर्ने वर्षौंदेखिको समस्या, तर समाधान छैन। कहिलेसम्म दुखपाउनुपर्ने सानो काममा पनि ढिलाइ समयमा काम नगर्ने ठेकेदारलाई कारबाही सार्वजनिक पैसा र जनताको समय दुवैको बर्बाद भएको छ ।

बाटो भनेको विकासको मेरुदण्ड हो। यति सानो सडक खण्डको पुल पनि समयमा बन्न नसक्दा स्थानीय जनताको जनजीवन, व्यापार, स्वास्थ्य सेवा सबै प्रभावित भएको छ ।

अब चुप लागेर बस्ने समय होइन। स्थानीय, जनप्रतिनिधि र सञ्चारकर्मी सबैले आवाज उठाउनुपर्छ । सम्बन्धित पालिका,जिल्ला प्रशासन र सडक डिभिजनलाई दबाब दिएर म्याद सकिएको भए ठेकेदारको लाइसेन्स र धरौटीमाथि कारबाही हुनुपर्ने स्थानीय नागरिकहरुको जनगुनासो सामाजिक संजाल मार्फत पोखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]