११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

व्यावहारिक अध्ययन भ्रमण सम्पन्न गरेका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूसँग अन्तरक्रिया तथा बिदाइ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

बुटवल । प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूले लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा व्यावहारिक अध्ययन भ्रमण सम्पन्न गरेपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा अन्तरक्रिया तथा बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू ले प्रशिक्षार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यावहारिक अध्ययन भ्रमणका क्रममा प्राप्त अनुभव, सिकाइ तथा असल अभ्यासहरूलाई भावी प्रहरी सेवामा आत्मसात् गर्न आग्रह गर्नुभयो । उहाँले व्यावसायिक इमान्दारिता, अनुशासन, नेतृत्व, आधुनिक प्रहरी कार्यशैली तथा प्रविधिमैत्री प्रहरी सेवाको आवश्यकतामा जोड दिँदै उत्कृष्ट प्रहरी अधिकृतका रूपमा आफूलाई निरन्तर विकास गर्न प्रेरित गर्नुभयो ।

व्यावहारिक अध्ययन भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूको कार्यप्रणाली, अनुसन्धान, शान्ति सुरक्षा, सेवा प्रवाह तथा व्यवस्थापन सम्बन्धी व्यावहारिक अनुभव हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूलाई सफल प्रहरी जीवनको शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]